The Cinemax Hub

डिएसए स्टारको विजेता घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औं संस्करणको ‘डिएसए स्टार २०२४ को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित भएका छन् ।

प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ आइरा खड्का विजेता हुँदा दीपशिखा इटनी ‘फस्ट रनर अप’, सिसम खतिवडा ‘सेकेण्ड रनर अप’, उज्जवल तामाङ ‘थर्ड रनर अप’, सुयोग भुषाल ‘फोर्थ रनर अप’, प्रनिक थापा ‘फिफ्थ रनरअप’, अनुष्का तामाङ ‘सिक्स्थ रनरअप’ र इभा गुरुङ ‘सेभेन्थ रनरअप’ भए ।

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ साम्देन थिङले उपाधि जित्दा कास्वी पुन मगर ‘फस्ट रनर अप’, अफ्रिल राई ‘सेकेण्ड रनर अप’, रिजा अधिकारी ‘थर्ड रनर अप’, स्मारिका ढकाल ‘फोर्थ रनर अप’, आर्या खनाल ‘फिफ्थ रनर अप’ र क्रिन्जल सापकोटा ‘सिक्स्थ रनर अप’ बने ।

यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ आहाना पोखरेल विजेता हुँदा सान्भी काप्री ‘फस्ट रनर अप’ र श्रयम केसी ‘सेकेण्ड रनर अप’ भए ।

त्यस्तै ‘प्री–टीन डान्सिङ स्टार’ तर्फ सृष्टि ढकाल विजयी हुँदा साइना राई ‘फस्ट रनर अप’, जिज्ञाशा शाही ठकुरी ‘सेकेण्ड रनर अप’, निरिशा बुर्लाकोटी ‘थर्ड रनर अप’, प्रसिद्धी शर्मा ‘फोर्थ रनर अप’ र साकुरा चौलागाईं ‘फिफ्थ रनर अप’ भए ।

यस्तै ‘प्री–टीन सिङगिङ स्टार’ तर्फ मानश्री भट्टले ताज जित्दा पार्सब भट्ट ‘फस्ट रनर अप’, सम्राट सिधाली मगर ‘सेकेण्ड रनर अप’ भए ।

यस्तै ‘एक्टिङ स्टार’ तर्फ सचिन ढकालले उपाधि जित्दा ओजश्वी पौडेल ‘फस्ट रनरअप’, प्रिजम पोखरेल ‘सेकेण्ड रनरअप’ र सोहन श्रेष्ठ ‘थर्ड रनरअप भए ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता नन्दा बस्याल, सहरी विकास मन्त्रालयका सचिव बासुदेव खनाल र गायिका सुमित्रा निरौला निर्णायक थिए । प्रतियोगिताको प्रमुख प्रायोजक हर्लिक्स नेपाल थियो भने नेपाल वायु सेवा निगम र तारा एयरको सहयोग रहेको थियो ।

परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जिआरले फाइनल अघि १ सय बालबालिकालाई ३० दिनसम्म कोरोना स्कुल ढुंगेधारामा विभिन्न विषयमा प्रशिक्षण दिइएको बताइन् । प्रतियोगिताका विजेताले सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाउनेछन् । साथै विजेतालाई म्युजिक भिडियोमा अभिनयको अवसर पनि दिइने आयोजकले जनाएका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /