The Cinemax Hub

मन बिनाको धन ठूलो कि धन बिनाको मनमा नीता

Facebook
Twitter
WhatsApp

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ।

आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा बन्ने फिल्ममा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए।

फिल्मको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने फिल्ममा सौरभ लामाको छायांकन हुनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्म बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /