The Cinemax Hub

वैशाख १२ मा भूठान

Facebook
Twitter
WhatsApp

काठमाडौं । कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ २०८२ सालको वैशाख १२ प्रदर्शन हुने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

सन् २०१९ मा पहिलो फिल्म ‘बुलबुल’ निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो फिल्म हो ।

निर्देशक पौडेलका अनुसार यो फिल्म संसारभरका दर्शकको लागि बनाएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराई महशुस गर्नेमा आफु विश्वस्त रहेको बताउँछन् ।
निर्मातामध्येका एक अविरल थापा भन्छन् ‘यस फिल्ममा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अदभूत अभिनय देख्न पाईनेछ ।’ हरिवंश आचार्यको जीवनकै कालजयी फिल्म हुनेमा आफु ढुक्क रहको थापा बताउँछन्।

नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । यसका अर्का निर्माता राजेन्द्र ठकुराठीका अनसार विश्वभरिका फिल्म हलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस फिल्मलाई एकै मितिमा प्रदर्शन गर्नको लागि पनि काम भईरहेको छ ।

भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको यस फिल्म भूठान–द वल्र्डस् ह्याप्पिएस्ट म्यान्को सम्पूर्ण छायाँकन अमेरिकामै केही महिना अघि सम्पन्न भएको थियो ।

यस फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी र अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी ,एल एन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं)र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेका छन् ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सुर्य शाहीको कास्टीङ, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल र समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गरेका छन् ।

फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /