The Cinemax Hub

देशका दश सहरमा दुखी आत्माको जोक जात्रा

Facebook
Twitter
WhatsApp

काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर र ब्रेकअप कविताले दर्शकको साथ पाइरहेको छ । ‘ब्रेकअप कविता’ले सामाजिक संजालमा दर्शकको उच्च साथ पाइरहेको छ । यो कवितालाई दर्शकले निकै मन पराएपछि निर्माणपक्ष पनि उत्साहित छ ।

अब, फिल्मको टिमले नाम चलेका केही कमेडियनहरुसँग सहकार्य गर्दै ‘जोक जात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो टुर देशका विभिन्न १० शहरमा हुनेछ । माघ ६ गते नेपालगञ्ज, माघ ८ गते बुटवल, माघको १० गते नवलपुर, माघको ११ गते चितवन, माघको १३ गते पोखरा, माघको १६ गते हेटौडा, माघको १७ गते दमक, माघको १९ गते विर्तामोड, माघको २० गते इलाममा यो कार्यक्रम हुनेछ ।

मोफसल टुर सकेपछि काठमाडौंमा यो कार्यक्रम आयोजना हुनेछ । यो टुरमा फिल्मका कलाकारहरु पनि सहभागी हुनेछन् । माघको ६ गतेबाट सुरु हुने कार्यक्रम माघको २१ गतेसम्म चल्नेछ । ‘जोक जात्राः स्ट्यान्ड अफ कमेडी टुर’ नामक दिएर यो कमेडी शो आयोजना हुन लागेको हो ।

यो कमेडी टुरमा ‘कमेडी च्याम्पियन सिजन ३’का विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतिक कुमार अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । उनीहरु सबैले ‘कमेडी च्याम्पियन’मा आफ्ना प्रस्तुति प्रस्तुत गरिसकेका छन् ।

दीपेन्द्र लामाको निर्देशनमा हिमाल कडरियाले निर्माण गरेको फिल्म ‘दुखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /