The Cinemax Hub

लाज शरणम् टिजर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ ।

वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ ।

गरिबी र बरोजगारी नागरिकको दुःख यो फिल्मले भन्ने टिजरले संकेत गरेको छ । क्यामेरा वर्क र सुन्दर लोकेसनले दर्शकको मन लोभ्याउँछ । लङ सटले टिजरको सुन्दरता बढाएको छ ।

फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो फिल्ममा ‘सक्किगोनि’ टिमको छ ।

फिल्ममा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।

फिल्मको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फिल्ममा सुदीप बरालको छायांकन छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /