The Cinemax Hub

‘फुर्के नम्बर १’को धमाकेदार कमब्याक, भारत–नेपालका चर्चित कमेडियन एउटै पर्दामा

Facebook
Twitter
WhatsApp

गर्नविल्सन विक्रम राईको निर्देशनमा ‘फुर्के नम्बर १’ को पुनरागमन, नयाँ एपिसोडमा क्रस-बर्डर कलाकारहरूको जमघट मनोरञ्जन डेस्क।
लोकप्रिय हास्य सिरीज ‘फुर्के नम्बर १’ नयाँ स्वरूपमा फेरि सुरु भएको छ। विल्सन विक्रम राईको लेखन तथा निर्देशन रहेको यो सिरीज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’ मार्फत दर्शकमाझ प्रदर्शन भइरहेको छ।
यस हप्ता प्रदर्शन हुने नयाँ एपिसोड विगतको भन्दा थप परिष्कृत र मनोरञ्जनात्मक हुने निर्माण पक्षले जनाएको छ। यस एपिसोडमा नेपाल र भारतका लोकप्रिय रैथाने कमेडियनहरूलाई एउटै पर्दामा समेटिएको छ। दार्जिलिङबाट चर्चा कमाएका ‘राइजिङ ब्वाइज’का अमित सुब्बा (भक्क्ते) र स्टार सपन कन्टेन्ट क्रिएटर सपन सुब्बाको टोली (सुकरानी सुब्बा र ब्रेजा चाम्लिङ) यस शृङ्खलाका मुख्य आकर्षण हुन्। साथै, सिक्किमका बहु-प्रतिभाशाली क्यारिकेचर आर्टिष्ट सुरज र भल्गर प्रविन गुरुङको समेत यसमा अभिनय रहनेछ।
नेपालका स्थापित कलाकारहरू कविता आले, बुधी तामाङ , रबिन्द्र झा , रजनी गुरुङ, उदय सुब्बा सहित प्राविधिक टोलीमा विक्रम डिसी (छायाङ्कन), रविन्द्र खड्का (सम्पादन) र निपेश राई (सह-निर्देशन) रहेका छन्। सिरीयलको यो नयाँ प्रयोगले दर्शकलाई नयाँ स्वाद दिनेमा निर्मात्री सरीना लामा (राई) डि.बी राई र निर्माण युनिट पूर्ण रूपमा विश्वस्त देखिएको छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /