The Cinemax Hub

नयाँ बर्षमा प्रदीप र पलको ‘उही तिम्रो’ आउने

Facebook
Twitter
WhatsApp


काठमाडौं। केपी फिल्म्सको निर्माण तथा पुरुषोत्तम फिल्म्सको प्रस्तुतिमा फिल्म उही तिम्रो बन्ने भएको छ । एक कार्यक्रमका विच प्रदीप खड्का, पल शाह, सिम्रन पन्तातसंगै नव नायिका जुना विश्वकर्मालाई लिएर विशाल चौलागाईले बनाउने फिल्मको शुभमुहुर्त गरिएको हो । कृषा चौलागाईको निर्देशन रहने फिल्मको छायांकन यही मंग्सिर पहिलो साताबाट गुल्मीमा सुरु हुनेछ भने बाकि छायांकन काभ्रेको बनेपामा गरिने छ ।

फिल्ममा प्रदीप पल, सिम्रन र जुनाको साथमा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमु, जुना विश्वकर्मा लगायतको अभिनय रहने छ । फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन । पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहने छ । फिल्मको फाइनान्स म्यानेजर सविन ढुङ्गाना रहने छन् भने प्रोडक्सन म्यानेजर रविन बख्रेल छन् ।

आर आर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ रहने छन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहने फिल्ममा मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहने छन् । फिल्म आगामी नयाँ बर्षबाट प्रदर्शनमा आउने छ ।

Kumar Acharya

/ सम्बन्धित समाचार /