The Cinemax Hub

भाइटिकाको भोलिपल्ट अनमोलको ‘बाटुलो जून’

Facebook
Twitter
WhatsApp

काठमाडौँ । अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ भाइटिकाको भोलिपल्टबाट हलमा लाग्ने भएको छ । आगामी बिहीबार  कार्तिक २६बाट हलमा लाग्ने फिल्ममा अनमोलले भुवन केसीसँग स्क्रिन सेयर गरेका छन् भने गरिमा पन्तले समेत लामो समय पछि कमब्याक गरेकी छन् ।

भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी, सङ्गी अधिकारीलगायतका कलाकारको समेत अभिनय रहेको छ । सनराइज पिक्चर्स प्रालिको प्रस्तुतिमा बनेको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह–निर्माता छन् । फिल्मको पटकथा सामीप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /