

निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक फिल्मको पोस्टरमा अभिनेत्री मलिका मल्ल एक्लै फिचर्ड छिन् ।
दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको यो फिल्ममा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटा,सुजिता शिवाकोटी,इभन जोशी,विमल श्रेष्ठ,दिपा मगर,तुलसी प्रसाद श्रेष्ठ बाल कलाकार हर्षिका ओली,मंजिला बानियाँ लगायतको अभिनय छ ।
महिला प्रधान चलचित्रमा दीपक शर्मा र सुभाष भुषालको संगीत बाबु श्रेष्ठको छायाँकन,देव महर्जनको द्वन्द,रामजी लामिछानेको कोरियोग्राफी समावेश छ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहने चलचित्रका प्रोडक्सन मेनेजर सीबी भण्डारी हुन् । लामो समय चलचित्र पत्रकारितामा कमल चलाएका निर्देशक सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ नामका दुई फिल्म निर्देशन गरीसकेका छन् ।













