The Cinemax Hub

एक्सन स्टार विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’को निर्माण घोषणा गरेका छन्

Facebook
Twitter
WhatsApp

एक्सन स्टार विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’को निर्माण घोषणा गरेका छन् । बिहीबार समाजिक सञ्जाल फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेका हुन् ।

यही फिल्मबाट अभिनेता भट्ट ‘साङ्लो’ रिलिजको ४ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यो फिल्मले नेपाली बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । फिल्मको सार्वजनिक थिम पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । एक्सन-थ्रिलर कथामा बन्ने फिल्म विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ ।

‘साङ्लो’मा विराज स्वयंमको मुख्य भूमिका रहेको थियो । यही फिल्मबाट उनले ४ वर्षपछि नेपाली फिल्ममा अभिनय कमब्याक तथा निर्देशनमा डेव्यु गरेका थिए ।

त्यसअघि भोजपुरी फिल्ममा उनी व्यस्त थिए । अब उनले पुनः ४ वर्षपछि ‘१२ गाउँ’ निर्माण गर्न लागेका छन् । फिल्ममा कलाकार को-को रहने भन्ने जानरकारी दिएका छैन् । सम्भवत् उनले यही फिल्मबाट छोरालाई अभिनयमा डेव्यु गराउने छन् । निर्देशक भट्टले केही समयमा फिल्मको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिने बताएका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /