The Cinemax Hub

इटहरीमा फिल्म ‘चारदाम’को पहिलोपटक विशेष शो सम्पन्न

Facebook
Twitter
WhatsApp

इटहरी/ नेपाली फिल्म क्षेत्रको लागी हब बन्दै गइरहेको इटहरीमा फिल्म ‘चारदाम’को पहिलो पटक विशेष शो सम्पन्न भएको छ । तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म ‘चारदाम’को इटहरीस्थित इलाईट सिनेमा हलमा विशेष शो गरिएको हो । दिनको १२ बजे प्रदर्शन गरिएको फिल्म हेर्न इटहरी र आसपासका सिनेमाप्रेमीहरुको उपस्थिति रहेको थियो । 

फिल्म हेर्न आएकाहरुले सिट नपाएर भुइँमै बसेर चारदाम हेर्दै गरेको दृष्यले फिल्मप्रतिको माया झल्काएको बुझ्न सकिन्थ्यो । केहिबेर औपचारिक कार्यक्रम गरेर फिल्म ‘चारदाम’ प्रदर्शन गरिएको थियो । औपचारिक कार्यक्रममा चारदाम फिल्मलाई हरेर तवरबाट सहयोग पुर्याउने ब्याक्तित्व तथा संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्म धेरै राम्रो बनेको उपस्थित दर्शकहरुले प्रतिक्रिया दिएका छन् । यसअघि यहि ब्यानर र यहि टिमले निर्माण गरेको ‘अभियान’ फिल्म भन्दा निकै राम्रो बनेको र त्यसमा देखिएको गल्ती तथा कमिकमजोरीलाई सुधार गरिएको फिल्म हेरिसकेपछी दर्शकको भनाई थियो ।

केही साताअघि निर्माण युनिटले एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्मलाई लाखमन योन्जन तामाङले लेखन, निर्माण, अभिनय तथा निर्देशन गरेका हुन् । अब इटहरीपस्चात काठमाडौ, पोखरा, भोजपुर, धरान, बेलबारी लगयतका ठाउँमा प्रिमियरको तयारी भैरहेको निर्माण युनिटले जानकारी गराएको छ । भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । 

फिल्म ‘चारदाम’मा लाखमान योन्जन तामाङको अलावा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । यो फिल्ममा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलले शृङ्गारको कार्य गरेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /