The Cinemax Hub

धरानका मेयर हर्क अभियान मा जोडियो ‘पर्खि बसे तिमीलाई

Facebook
Twitter
WhatsApp

पौष २७ गतेबाट रिलिज हुन् लागेको चलचित्र ‘पर्खि बसे तिमीलाई’ को धरानमा नियमित प्रदर्शन हुने एक शोबाट उठेको रकम धरानमा सुन्मिमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

आज विहान निर्देशक दिपक श्रेष्ठले धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई भेटेर उक्त कुराको जानकारी गराएका हुन्। मेयर साम्पाङ्गले आफ्नो समाजिक संजाल बाट पनि उक्त कुराको जानकारी दिएका छन्। उनले चलचित्रलाई शुभकामना समेत दिएका छन्।

साम्पाङ्ग आफ्नो सामाजिक संजालमा लेख्छन्, ‘यही पौष २७ गते रिलिज हुँदै गरेको पर्खिबसें तिमीलाई नामको चलचित्रले सुन्मिमा पारुहाङ प्रतिमा निर्माणमा एक शो बराबरको रकम सहयोग गर्ने भएको छ ! निर्माता श्री दिपक श्रेष्ठ (धराने) लाई हार्दिक बधाई तथा शुभकामना ! सबैले फिल्म हेरेर नेपाली उत्पादनलाई बढावा दिऔँ !’

निर्देशक दीपक श्रेष्ठले फिल्ममार्फत दर्शकलाई हलमा मनोरञ्जन दिनेसँगै सामाजिक कार्यमा समेत सहभागिता जनाउन लागेको बताए ।

‘हाम्रो दायित्व हामीले पूरा गर्दैछौ। हामीले फिल्ममार्फत पनि संदेश दिएका छौँ। यो हामी सेलिब्रेटीकाे दायित्व पनि हो’, निर्देशक श्रेष्ठले भने ।

राजाराम बुढाथोकीको निर्माणमा तयार भएको चलचित्रमा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /