राजधानीमा आयोजित चलचित्र ‘गोर्खा वारियर’को ग्राण्ड प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । अध्यक्ष ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि प्रिमियरमा पुगेका छन् ।
चलचित्रकर्मी, चलचित्र पत्रकार तथा बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थितिका बिच आयोजित रेड कार्पेटमा प्रिमियरमा सहभागी हुँदा खुसी लागेको अध्यक्ष ओलीले जनाएका छन् । उनले सम्भवतः पहिलो पटक रेड कार्पेटमा सहभागी भएको पनि जनाएका छन् ।
मिलन चाम्सको निर्देशन रहेको चलचित्रको प्रिमियर यतिबेला राजधानीको बिग मुभिजमा भइरहेको छ । जहाँ चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिति छ । यसअघि प्रमुख अतिथीका रुपमा उपराष्ट्रपति प्रिमियरमा सहभागी हुने जनाइएको थियो । यद्यपी उपराष्ट्रिपतिको आगमन देखिएन ।
चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय रहेको छ