The Cinemax Hub

झापाको बिर्तामोडमा होली पर्वको अवसरमा चैत्र १२ गते ‘टुबोर्ग होलि हङ्गामा’ हुने

Facebook
Twitter
WhatsApp

झापाको बिर्तामोडमा फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा चैत्र १२ गते ‘टुबोर्ग होलि हङ्गामा’ हुने भएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको आयोजनामा होली हङ्गामा कार्यक्रम हुने संघका प्रदेश अध्यक्ष तथा चलचित्र निर्माता केवल तामाङले बताए ।

बिर्तामोडस्थित पुरानो कृष्ण सिनेमा हलको प्राङ्गणमा हुने कार्यक्रममा चर्चित गायिका मेचु धिमालले सांगीतिक प्रस्तुति दिने छिन् । त्यस्तै होलि हङ्गामा फिल्म निर्देशक तथा कलाकार जयकिशन बस्नेत, शोभित बस्नेत, एक्सन अभिनेता सुबास मेचे र मोडल दिपा शाहीको प्रस्तुती रहने अध्यक्ष तामाङले जानकारी दिए ।

कार्यक्रममा लामो समयदेखि फिल्म उद्योगमा योगदान पुर्याउने फिल्मकर्मीलाई सम्मान गरिने छ । नेपाली साँस्कृतिक पर्वको उत्थान र विकासमा समेत टेवा पुर्याउने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नायक सुबास मेचेले बताए । उहाँले कार्यक्रमस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न चैत्र २३ गते प्रदर्शनमा आउने फिल्म बद्री बहादुरको बिशेष सहयोग रहने बताइएको छ । होली कार्यक्रमलाई हिमाल भेराइटिज, होटल रुस्किन, द स्यान्डविच पोइन्ट, वान स्टप मल, सुनमाई स्पिङ वाटर र होटल हेभन ग्राण्डले सहयोग गरेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /