

निर्देशक राजु गिरीले नेशनल अप्सना फिल्म अवार्ड हात पारेका छन्। शनिबार काठमाडौंमा भएको कार्यक्रममा उनले फिल्म ‘दिलमाया २’बाट बेष्ट निर्देशकको अवार्ड प्राप्त गरेका हुन्।
पुर्वमन्त्री पार्वत गुरुङ,उपकुलपति तथा गायक शम्भु राई,वरिष्ठ पत्रकार सानु काजी श्रेष्ठ,गीतकार शंकर अधिकारी (घायल)को हातबाट अवार्ड पाएका छन्। राष्ट्रिय नाचघरमा आयोजित अवार्ड कार्यक्रममा अन्य कलाकारहरुले पनि विभिन्न विद्यामा अवार्ड हात पारेका थिए।
अवार्ड पाएपछि निर्देशक गिरीले आफुमाथी अझ बेष्ट फिल्म मनाउने प्रेरणा मिलेको बताए। सञ्चारकर्मीसँग कुराकानी गर्दै अवार्ड प्राप्त गरिसकेपछि फिल्मप्रति थप जिम्मेवारी बढेको महशुस गरेको बताए। उनी निर्देशित फिल्म ‘ नम्बरी सुन र इश्वर’आगमी साउन ११गतेबाट प्रदर्शनमा आउदै छ।














