The Cinemax Hub

प्रकाश लेख्छन्ः पूर्ण बहादुरको सारङ्गीका लागि कुनै शर्त राखेको थिइनँ

Facebook
Twitter
WhatsApp

काठमाडौं । गायक तथा नायक प्रकाश सपुत यतिबेला फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई लिएर चर्चामा छन् । फिल्मको ट्रेलर र टिजरले दर्शक र फिल्मकर्मीबीच चासो बढाइरहँदा बिहीबार राजधानीमा फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनी नदेखिएपछि उनी किन आएनन् ? भन्ने अर्को चासो उत्तिकै बन्यो ।

यिनै प्रकाशले शुक्रबार साँझ ‘पूर्ण बहादुरको सारङ्गी’सँगका गुनासा र आफ्नो धारणा फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनको लेखनीमा कतिपय ठाउँमा खुशी त कतिपय ठाउँमा कम आक्रोश बढी गुनासो पाउन सकिन्छ ।

यस्तो छ स्टाटस
पहिलो चलचित्र परदेशी २ लाई मैले करिब ४ वर्ष पर्खिएको थिएँ । त्यस बिचमा अवसर पाएर पनि मैले अरु कुनै चलचित्र गरिन ! साथै आफुले सोचेको भन्दा अर्कै समयमा चलचित्र रिलिज हुने भएर पनि मैले आफ्नो व्यवसायिक संगित करियरको एउटा मोडलाई चटक्कै छोडेर चलचित्रलाई मनै देखि दर्शकहरु सम्म लिएर गए र दर्शक को माया पनि पाईयो । मलाई मेरो पेशाको प्रकृति र कर्तव्य थाहा छ । मैले त राम्रा कथाहरु डिटेलमा भन्न पाईयोस भनेर चलचित्र कर्म रोजेको हो । नत्र नेपाली दर्शक स्रोताबाट यो जुनिलाई पुग्ने माया, शुभेच्छा र आशिर्वाद मैले संगित मार्फत पाईरहेको छु । हिरो बन्ने रहर पनि परदेशी २ बाट पुरा भई नै हाल्यो । खासमा हाम्रो चलचित्र बसन्त का निर्माताहरु, वितरकहरु र सहकार्य गर्ने ब्राण्हरु संग परदेशी २ पछि बसन्त नै आउनेछ भन्ने शर्तमा सम्झौता गरेका छौ । यो बिचमा थुप्रै निर्माता निर्देशकहरुहरुले आफ्नो चलचित्रमा काम गराउन चाहानु भएको छ तर मैले ‘मलाई केहि समय चाहिन्छ है ‘ भने पछि केहि ले प्रोजेक्ट होल्ड गरेर पर्खिरहनु भएको छ । केहि ले ‘ल फेरी गरौला ‘ भनेर अरु विकल्प सोचिसक्नु भएको छ ।म यतिखेर उहाहरु सबै संग लज्जित छु । किनकि टिम वर्क मा एउटा मान्छे बैमानीमा पर्दा उ संग जोडिएका अरु थुप्रै मानीसहरुलाई धोका हुन्छ । मैले पुर्ण बहादुरको सारंगिका लागि कुनै शर्त राखेको थिईन । मैले त उहाहरुलाई आफ्नो समस्या राखेको थिए र सोच्ने समय दिएको थिए । सोचेरै सम्झौतामा स्पस्ट लेखिएको पनि छ १

जेहोस, पुर्ण बहादुरको सांरगि राम्रो कथामा बनेको छ । मैले राम्रो भएर नै मनै देखि काम गरेको हु । बिजय बराल, मुकुन भुषाल जस्ता जिवन्त कलाकार संग काम गर्न मनै देखि ख़ुशी थिए र मनै देखि दर्शक सम्म लिएर जाने रहर थियो । तर चलचित्र अचानक प्रदशन हुने भय पछि म सरप्राइज़ भए । म संग लड़ि बस्ने ईनर्जि भएन । मैले केहि भन्न सकिन । यतिखेर म बसन्तको छायांकनमा छु । यसको सम्पुर्ण ज़िम्मेवारी आफ्नै काधमा भएकोले समय मिलाउन अलि गार्हो भएको छ र मानसिक रुपमा पनि अरु सोच्न सकिने अवस्था छैन । यसै पनि म उति सारो प्रचार प्रसार गर्न जान्ने र जागर गर्ने कलाकार पनि होईन । भुमिका का हिसाबले पनि सारंगिमा मेरो भारी अलि कम छ जति अरुको छ ।

खैर, मान्छेहरुको व्यवहार जस्तो भए पनि आफ्नो कामको माया लाग्छ । कार्तिक १५ मा रिलिज हुने भए पछि अब यो चलचित्र शर्त र सम्झौताहरु बाट बाहिर निस्केर हामी सबैको भयो । अझै बढि दर्शकहरुको भयो । तपाईहरुको भयो । म यो कथा र आफ्नो पात्र “ कमले” लाई लिएर एकदमै उत्साहित छु र कामना गर्छु , पुर्ण बहादुरको सारंगी जस्तो कथाहरु संग जोडिन पाईराखौ । कमले जस्तो सामान्य पात्र भएर ‘बा’ को सपना बाच्न पाईराखौ । तर पर्दामा यस्तो सपना, संघर्ष र ईमान को कथा बनाएर बाहिर चाहि अरुको सपना, संघर्ष र ईमान माथी बेईमानी र बदनामी गर्नेहरु संग चाहि फेरी जोडिन नपरोस । कम्तिमा मर्यादित बनौ । अर्को कुरा सिर्जना , दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दम ले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भ ले होईन । म यो कुरामा सधै स्पस्ट छु ।

अन्तमा, यो नै अन्तिम स्पस्टिकरण हो है । अब सार्वजनिक रुपमा शर्त, सम्झौता र नकरात्मकताको कुरा गरिने छैन । अब सकरात्मक ढंगले पुर्ण बहादुरको सांरगि को प्रमोशन गरिनेछ ! सबैको मनमा मिठो धुन बजाईनेछ । है त…

भेटौला “पुर्णेको छोरा कमले” संग कार्तिक १५ गते १

Cinemax Hub

/ सम्बन्धित समाचार /