The Cinemax Hub

भारतमा सबीलाई ड्याज्लिङ डीभा अवार्ड

Facebook
Twitter
WhatsApp

काठमाडौं । भारतको जयपुरमा गत अक्टोबर ६ मा भएको ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ ड्याज्लीङ डिभा ’ अवार्ड जितेकी छन् ।

२१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि पोल्टामा पारेकी हुन् । सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो । रौतहटकी सबी १८ वर्षकी छिन् ।

प्रतियोगितामा जानु अघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ कि विजेता पिङकी तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए । सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन ।

परिवर्तन इभेन्ट हाउसकी नेसनल डिरेक्टर सोनिया जिआरका अनुसार यो प्रतियोगिता एक सातासम्म चलेको थियो । सबीले शीर्ष उपाधि नजितेपनि विधागततर्फको उपाधि जित्न पाउँदा खुशी व्यक्त गरिन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /