The Cinemax Hub

अमेरिकामा बेहुली फ्रम मेघौली

Facebook
Twitter
WhatsApp

काठमाडौं। फिल्म ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ। टेक्ससमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रवारबाट यो फिल्मको प्रदर्शन सुरु भइसकेको छ, जहाँ दर्शकको उल्लेखनीय चाप देखिएको छ। अब यो फिल्म कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिकाको लागि यस फिल्मका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए।

यसअघि अक्टोबर ३ नेपालसँगै क्यालिफोर्नियाका थुप्रै थिएटरहरूमा रिलिज भएको यो फिल्म सो राज्यमा पुनः प्रदर्शन सुरु हुन लागेको कार्कीले जनाए।

नेपाल र अमेरिकामा यो फिल्मलाई दर्शकहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। यस फिल्मको अमेरिकाको लागि प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट, र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन् ।

सजन काफ्ले र आकाश बरालद्वारा लेखन तथा निर्देशन गरिएको यस फिल्म निश्चल बस्नेत, स्वस्तिमा खड्का वसुन्धरा भुसाल, विजय बराल, सिम्रन
खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र
रामबाबु रेग्मी लगायतले अभिनय गरेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /