The Cinemax Hub

जेरी अन टपको मुहुर्त

Facebook
Twitter
WhatsApp

काठमाडौं । अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुने फिल्म ‘जेरी अन टप’को सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा मुहुर्त गरिएको छ । मुहुर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । मुहुर्तमा फिल्मका प्रमुख कलाकारहरु अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, निर्मल शर्मालगायत उपस्थित थिए ।

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा सरोज न्यौपाने निर्माता छन् । उनलाई फिल्म निर्माणमा दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् । यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् । यो फिल्मको प्रदर्शन अधिकार उपत्यकामा करण क्रेजीको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले लिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /