The Cinemax Hub

विराट म्युजिक एण्ड फिल्म अवार्डको दर्ता आव्हान

Facebook
Twitter
WhatsApp

काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले आयोजना गरिने ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको लागी गीत,संगीत तथा फिल्मको दर्ता आव्हान गरिएको छ । २०८० सालमा प्रदर्शनमा आएका चलचित्र तथा २०८० सालमा रिलिज भएका गीत संगीत समाबेश गरिने अवार्ड आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिने छ। ुतेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने मिति र स्थान छिट्टै सार्वजनिक गरिने सापकोटाले बताए । यस अघि दुई संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको अवार्डको तेश्रो संस्कारण अझै भब्य हुने आयोजकले बिश्वाश लिएको छ। अवार्डको लागी दर्ता भएका गीत,संगीत तथा फिल्मको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिने र ति उत्कृस्ट पाँच बाट उत्कृस्टलाई अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिए।

Cinemax Hub

/ सम्बन्धित समाचार /