The Cinemax Hub

ग्ल्याम नेपाल इन्टरनेशनल २०२४ लाई ३० मोडल छनोट

Facebook
Twitter
WhatsApp

काठमाडौंँ । ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । शनिबार होटल हिमालयनमा आयोजना भएको मोडल छनौट अडिसनबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिएका हुन् । अडिसनमा मेल र फिमेल गरेर २०० बढीले अडिसन दिएका थिए । छनौट भएका मोडलको नामावली केही समयपछि सार्वजनिक गर्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले बताए ।

छनौट चरणको निर्णायकमा डा. उदीप श्रेष्ठ (सिइयो संस्थापक हेल्दी च्वाइस एस्थेटिक्स अस्पताल), युवराज श्रेष्ठ (अध्यक्ष प्लाजा समुह), सुस्मा कार्की (संस्थापक केक्षुस्कालोजी)रमिला नेमकुम (संस्थापक कासा), दीपक ज्ञवाली (संस्थापक ग्ल्याम नेपाल इन्टरनेशनल) रहेका थिए ।

हेल्दी च्वाइस प्रयोजक रहेको फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ आगामी १४ डिसेम्बरमा होटल याक एण्ड यतिमा आयोजना हुदैछ । तीन सिजन भब्य रुपमा सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । शोमा शोटपरको रुपमा सहभागी हुन बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला पनि नेपाल आउनेछिन् ।

शोमा सहभागी मोडलहरुमा फिमेलका लागि ५.४ फिट र मेलका लागि ५.१० फिट हाइट माथि हुनुपर्ने प्रावधान आयोजकको रहेको थियो । शोमा नेपालका उत्कृष्ट डिजाइनरहरुले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरु फेसन शोमा बिभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले फेसन शो आयोजना गर्न लागिएको हो ।

कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहने शोका उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /