The Cinemax Hub

लाज शरणममा जोडिए विजय बराल

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ फेम विजय बरालले ‘लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् ।

दशैं अघि डोल्पा सुटिङ सकेको फिल्मले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो । हालसम्म फिल्मको ९५ प्रतिशत छायांकन सकिएको जानकारी निर्माणपक्षले दिएको छ । फिल्मको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो ।

फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा सुदीप बरालको छायांकन छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह(निर्माताको रुपमा रहेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /