The Cinemax Hub

श्री बुकुरोः द होम कलिङको घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौं । निर्देशक सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को औपचारिक घोषणा गरिएको छ । छायांकन पुरा भएर हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्मको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

फिल्मको निर्माण टिमले मंगलबार सार्वजनिक गरेको स्केच पोस्टरमा आशीर्वादसहितका कलाकारहरु चित्रित छन् भने एउटा घर र मन्दिर पनि देख्न सकिन्छ । ग्रामीण परिवेशको कथामा फिल्म बनेको पोस्टरले बुझाउँछ । बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ । फिल्मले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ ।

यो फिल्मबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा कमव्याक गर्न लागेका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । उनले निर्देशन गरेका दुवै फिल्मले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक सिंहलाई छ ।

निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ । मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /