The Cinemax Hub

सोल्टिनीमा विल्सन अनुबन्धित

Facebook
Twitter
WhatsApp

काठमाडौं । निर्माणाधीन नेपाली फिल्म ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सनविक्रम राई अनुबन्धित भएका छन् । राईको प्रवेशसँगै यस फिल्मको कलाकार टिम अझै बलियो बनेको छ ।

फिल्ममा राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन । यसअघि नै फिल्ममा प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो। सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउनेछन् ।

फिल्म भोजपुरको कुनै गाउँमा आधारित रहनेछ । फिल्मका निर्देशक अर्जुन सुवेदीका अनुसार यसमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा रहनेछ ।

फिल्ममा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ। प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले फिल्मका लागि सङ्गीत दिनेछन् भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिएका छन् ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रालिले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ ।

२०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको यस फिल्मको छायाङ्कन पुस १५ बाट सुरु हुनेछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /