The Cinemax Hub

फिरफिरे फिरिरीको अलमल जिन्दगी

Facebook
Twitter
WhatsApp

काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत सार्वजनिक गरिएको छ। आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्मको स्याड भर्सनको गीत रिलिज गरिएको हो । सार्वजनिक ‘अलमल जिन्दगी’ बोलको गीतमा प्रशान्त शिवाकोटीको स्वर,शब्द तथा संगीत रहेको छ। गीतमा रिजोल पोखरेलको संगीत संयोजन रहेको छ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए ।

फिल्ममा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। फिल्ममा नविन भट्टको निर्देशन छ। उनको यो निर्देशनमा डेब्यु फिल्म हो।

फिल्ममा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /