The Cinemax Hub

सिगरेटलाई उत्कृष्ट फिल्म अवार्ड

Facebook
Twitter
WhatsApp

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । ५८ जना फिल्मका विद्यार्थी तथा फिल्मकर्मीहरुको सहभागिता रहेको यस माष्टरक्लासको अन्त्यमा सहभागीहरूले ७ समुहहरू फेम चेजर्स, टिम यूनिटी, टिम लायन, रोरिङ ईगल, सिक्स बडिज्, टिम सुन्य, र्याण्डम क्रियटर्श नामबाट विभाजित भएर २४ घण्टामा लघु फिल्महरू बनाएर प्रतिस्पधात्मक रूपमा प्रदर्शन गरिएको थियो ।

अंग्रेजी तथा अन्य विदेशी फिल्म सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिको उद्देश्य का साथ सुरू गरिएको यस माष्टर क्लासलाई अष्ट्रेलियामा फिल्ममा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले नेतृत्व गरेका थिए ।

चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन्न मुभि स्कृनीङ एवं फिल्ममेकिङ मास्टरक्लास क्लोजिङ समारोहको फिल्म प्रतिस्पर्धाको निर्णायकहरूमा पूर्णेन्दु झा, दिपेन्द्र गौचन , सुशन प्रजापति, गौतम धिमाल रहेका थिए ।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले सहभागी तथा विजेतालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्का थिए । यो कार्यक्रम सिनेपाल स्टुडियो, भैसेपाटीमा सञ्चालन भएको थियो ।

टिम सिक्स बडिज्ले निर्माण गरेको फिल्म सिगरेटले अभिनय, निर्देशन, कला, स्कृप्ट प्रोडुशर सहित उत्कृष्ट फिल्म बन्न सफल भयो । यो फिल्मलाई कथा निर्देशन आर।डि लामाले गरेका थिए । त्यस्तै टिम युनिटीले फिल्म ‘गिल्टी’ ले साउण्ड, छायांकन र सम्पादन अवार्ड जितेको थियो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /