The Cinemax Hub

गीत र संगीतमा सक्रिय शंकर

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपालीमा एउटा उखान छ– खाने मुखलाइ जुँगाले छेक्दैन । गीतकार शंकर अधिकारी ‘घायल’को जीवनमा यही कुरा लागु हुन्छ । सानै देखिको लेखक बन्ने सपना साँचेका शंकरले काठमाडौं आएर त्यो सपना पुरा गरे ।

फिल्म ‘मैदान’बाट गीति लेखन यात्रा सुरु गरेका शंकरले फिल्म ‘दादागिरी’ को गीत ‘तिम्रो आँखामा बस्ने’ हिट भएपछि पछाडि फर्केर हेर्नु परेन । उनले ‘किस्मत’, ‘खलनायक’ ‘नसिब आफ्नो’ हुँदै ‘अन्दाज’को ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ सम्म आइपुग्दा उनी गीत पारखीमाझ अझ चिनिए । फिल्म ‘छक्का पन्जा ४’को ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’, ‘गणपती’को ‘उन भित्र गुण फूल्ने’, ‘एक भागवत एक गीता’को ‘माया लाई चिनो हातै’मा, रेखा थापाको ‘उपहार’को ‘वा वा वा’ हुँदै रोशन श्रेष्ठको ‘यो मन त मेरो नेपाली हो’ सम्म आइपुग्दा घायलको गीत लेखन यात्रा जारी छ ।

उनी यतिबेला बाबु साहेब बलामीको निर्देशनमा अन टाइटल फिल्मको गीतको संगीत र रेकर्डिङमा ब्यस्त छन् । अहिले अधिकारी कालू पाण्डेको फिल्म अनि बिमल पौडेलको फिल्म ‘ट्याटु’को गीतको संगीत भर्न व्यस्त छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /