The Cinemax Hub

लाज शरणम पोस्टरमा नेता धुर्मुस

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। फिल्मको पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’लाई काँग्रेस नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलमको गेटअपमा प्रस्तुत गरिएको छ ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। नेताको भूमिकामा रहेका धुर्मुसलाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ।

पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको कथावस्तु झल्काएको छ।

यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फिल्ममा सुदीप बरालको छायांकन छ ।

फागुन १४ गते महाशिवरात्रिको अवसरमा फिल्म प्रदर्शनमा आउँदैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /