The Cinemax Hub

लभस्टोरी फिल्म बनाउँदै मिलन

Facebook
Twitter
WhatsApp

काठमाडौँ। फिल्म ‘वीर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘गोर्खा वारियर’ जस्ता फरक–फरक जनराको फिल्म निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्म लभस्टोरी जनरामा बन्नेछ।

राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ। फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुनेछ।

फिल्मको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्सद्वारा निर्देशित ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /