The Cinemax Hub

२०८२ को फूलपातीमा हरिबहादुरको जुत्ता

Facebook
Twitter
WhatsApp

काठमाडौं । हाल छायांकनमा रहेको दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ को रिलिज मिति तय भएको छ। शंखुबाट छायांकन थालिएको फिल्म २०८२ को फूलपातीमा रिलिज हुने भएको छ।

हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय रहेको फिल्म ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा खिचिनेछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहेका छन्।

सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । फिल्ममा हरिवंश आचार्यको कन्सेप्ट, कथा रहेको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /