The Cinemax Hub

प्रिमियरमा राजागंजलाई सकारात्मक प्रतिक्रिया

Facebook
Twitter
WhatsApp

काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ को बुधबार साँझ काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । फिल्म हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेनलगायतको उपस्थिति थियो ।

फिल्म हेरेपछि उपस्थितले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो फिल्मले मधेश आनदोलनको क्रममा उत्पन्न मधेशी र पहाडी समुदायबीच घटित विभिन्न घटना क्रमलाई सुक्ष्म ढंगले देखाएको प्रतिक्रिया मिलेको थियो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागंज’ मधेश आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफु त्यसको प्रत्यक्ष साक्षी भएको नाताले यो फिल्म धेरै वस्तुवादी तथ्य परक भएको बताए । ‘मलाई दुख के लाग्यो भने जुन फिल्ममा आज हामीले हेर्न पायौं पुर्ण रुपमा त्यसका केही महत्वपुर्ण अंशहरु काटिएको छ भन्ने सुने । मैले बुझे अनुसार अब कति काटिएको हो, तर त्यो मुख्य अंश काटिएको हो भने त्यो त फिल्मको टाउकै काटिए जस्तो हुन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने ।

अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि फिल्म राम्रो बनेकाले सम्पुर्ण नेपाली फिल्मप्रेमी दर्शकलाई ‘राजागंज’ हर्ने सिफारिस गरे । अभिनेता नाजिर हुसेनले मधेश आन्दोलनको कथा उत्कृष्ट रहेको भन्दै जति मधेशी र पहाडीबीच विभेद छ, त्यति नै मधेशी मधेशीबीच पनि विभेद रहेकाले त्यस्ता कुरालाई अन्त्य गर्न आवश्यक रहेको बताए ।

निर्देशक दीपक रौनियारले स,िःम सेन्सर झमेलामा केही दुख लागेपनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताए ।

Cinemax Hub

/ सम्बन्धित समाचार /