The Cinemax Hub

‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत सार्वजनिक

Facebook
Twitter
WhatsApp

सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत रिलिज गरिएको छ ।

जेम्स प्रधानको संगीत रहेको गीतमा सुयेश भट्टराईको शब्द रचना र सुगम पोखरेलको स्वर छ । दशक अगाडीलाई यस गीतले सुगमलाई चर्चाको शिखरमा पुर्याएको थियो । उक्त गीतको शिर्षक सापटी लिंदै निर्देशक थापाले यो सिनेमा निर्माण गरेका हुन् ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देनको प्रेमपिडा देखाइएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा सोनमले पूजालाई, पूजाले आकाशलाई पछ्याईरहेको देख्न सकिन्छ ।

महेश दवाडीको लेखन रहेको सिनेमामा पूजा, आकाश र सोनमसंगै सरोज खनाल, गौरी मल्ल र धिरेन शाक्यको पनि अभिनय छ ।

संजय लामाले खिचेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ । सिनेमा भदौ १७ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

सिनेमामा समावेश ‘जरुरी कुरा छ’ गीत चार्टबस्टरमा हिट भैसकेको छ । लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /