The Cinemax Hub

निखिल र वर्षाको ‘कस्तुरी’ छायांकन पुन सुरु 

Facebook
Twitter
WhatsApp

काठमाडौँ ।  चलचित्र कस्तुरीको अन्तिम चरणको छायांकन सुरु भएको छ । आज काठमाडौँबाट वर्षा सिवाकोटी र निखिल उप्रेतीको मुख्य भूमिका रहेको फिल्मको छायांकन सुरु भएको निर्माण टिमले जानकारी दिएको हो । 90% छायांकन सकिसकेकोमा अब बाकी 1०% छायांकन पनि चाडै सक्ने योजनामा टिम लागेको हो । प्रतिकुल परिस्थितिको कारण केही समय ढिला भएको चलचित्रको काम अब भने चुस्त गतिमा अघि बढ्ने निर्माणले जानकारी दिएको छ । 

 ऋत बोहोराले निर्देशन गरेको फिल्ममा वर्षा र निखिल सँगै शेखर चापागाईँ, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय छ । क्यामियो’ भूमिकामा गौरव पहारी र हेना नगरकोटी छन् ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको पटकथा बोहोराले नै लेखेका हुन् । चलचित्रको निर्माता धिरजकुमार अग्रवाल हुन् भने सह-निर्मातामा अञ्जली चौधरी छिन् । छायाकार आलोक शुक्ला हुन् भने सहायक निर्देशकमा ललित विष्ट छन् । संगीत प्रशान्त सिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले हेर्नेछन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /