बलिउड सुपरस्टार सलमान खान र दक्षिण भारतीय मेगास्टार चिरन्जीवीको अभिनित सिनेमा ‘गडफादर’को टिजर सार्वजनिक भएको छ ।
डेढ मिनेट लामो टिजरमा शिर्ष चरित्रलाई स्थापित गरिएको छ । शिर्ष चरित्रमा चिरन्जीवी छन् । उनलाई सलमानको साथ् छ ।
मोहन राजा निर्देशित पोलिटिकल एक्सन सिनेमा २०१९ मा रिलिज भएको मलायलम सिनेमा ‘लुसिफर’को रिमेक हो ।
सलमानको यो तेलुगु डेब्यु सिनेमासमेत हो । सिनेमामा चिरन्जीवी र सलमानका अलावा नयनतारा, पुरी जगन्नाध, सत्यदेव कन्चारानाको मुख्य भूमिका छ ।
यो सिनेमा अक्टुबर ५ अर्थात् असोज १९ (विजया दशमी)को दिन रिलिज हुँदैछ ।