The Cinemax Hub

चलचित्र ‘बुलाकी’ फागुन १९ गते प्रदर्शन हुने भएको छ

Facebook
Twitter
WhatsApp

चलचित्र ‘बुलाकी’ फागुन १९ गते प्रदर्शन हुने भएको छ । केही महिना अगाडि नै कात्तिक १८ गतेलाई प्रदर्शन गर्ने घोषणा गरिएको भए पनि मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गर्दै मिति परिवर्तन गरिएको निर्माता टोपेन्द्र विष्टले जानकारी दिए ।

‘देश चुनावमा होमिएको र सचेत नागरिकको हैसियतले निर्वाचनमा सहभागी हुनुपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौं,’ निर्माता टोपेन्द्रले भने, ‘चुनावको माहौलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले चलचित्र सारेका हौं ।’ अब यो मितिमा ‘बुलाकी’को भिडन्त दुई घरेलु चलचित्र ‘वर एन्ड वधु’ र ‘परस्त्री’सँग हुनेछ ।

लक्ष्मण सुनार निर्देशित चलचित्रमा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । नरेन खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री लगायतको पनि चलचित्रमा अभिनय छ ।

स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्र छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको हो । कर्णाली भेगको जनजीवन र जारी प्रथामा आधारित चलचित्रलाई शिव ढकालले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । गोपाल कायस्थ र एफडिले वितरण गर्ने चलचित्रको स्क्रिप्ट निर्देशक सुनार स्वयं, अभिनेता विराज विष्ट, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।

/ सम्बन्धित समाचार /