The Cinemax Hub

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को नयाँ गीत ‘टल टल टलक्कै’ रिलिज भएको छ ।

Facebook
Twitter
WhatsApp

सार्वजनिक गीतमा एक नारायण भण्डारी/दिनेश राज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त/सुरेश लामाको स्वर छ ।

सिनेमाका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल र कुशलबीचको प्रेम अङ्कुराएको देख्न सकिन्छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रदीप भारद्वाजको पटकथा रहेको सिनेमामा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको पनि अभिनय छ । यो सिनेमा भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाले दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । निर्देशक देउजाले यसलाइ सपरिवार हेर्न मिल्ने सिनेमा भनेका छन् ।

कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /