The Cinemax Hub

VIKRAM VEDHA फिल्म असोज १४ गते रिलिज हुँदैछ

Facebook
Twitter
WhatsApp

ऋतिक रोशन र सैफ अली खान स्टारर बहुप्रतीक्षित फिल्म ‘विक्रम वेधा’ को टिजर रिलिज भएको छ ।टिजरमा सैफले इमान्दार प्रहरी अधिकृत र ऋतिकले ग्याङस्टर चरित्रको भूमिका निर्वाह गरेका छन् । विक्रमले वेधा चरित्रलाई सोधपुछ गर्दै गरेको दृश्यबाट टिजर सुरु हुन्छ । त्यसपछि उसले कथा सुनाउन थाल्छ ।
फिल्ममा सैफ अली खान र ऋतिकबीच जबरजस्त टकराव देख्न सकिन्छ । फिल्ममा राधिका आप्टे, रोहित सर्राफ, योगिता बिहानी र सरिब हासमीको मुख्य भूमिका छ ।
विक्रम वेधा सन् २०१७ को सोही नामको तालिम फिल्मको रिमेक हो । उक्त तमिल फिल्ममा विजय सेतुपाथी र आर माधवनको मुख्य भूमिका थियो । चलचित्रलाई पुस्कर–गायत्रीले निर्देशन गरेका हुन् ।फिल्म असोज १४ गते रिलिज हुँदैछ ।

/ सम्बन्धित समाचार /