बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म प्रकाशमा, प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखकलगायतको अभिनय छ ।
सिनेमामा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ । दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’लाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

सुवर्ण थापाले निर्देशन गरेको ‘राधा’मा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक थापाले अभिनेता सौगात मल्ल र बिक्रमदास जोशीसँग सहकार्य गरेर फिल्मको निर्माण गरेका हुन् ।
आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन, एएमआइ फिल्मस्को प्रस्तुति तथा मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट सह(निर्माता रहेको फिल्ममा निर्देशक सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।