The Cinemax Hub

नेपाली फिल्म‘२ नम्बरी’को टिमले टाइटल गीत प्रतियोगीताको आह्वान

Facebook
Twitter
WhatsApp

नेपाली फिल्म‘२ नम्बरी’को टिमले टाइटल गीत प्रतियोगीताको आह्वान गरेको छ । उत्कृष्ट गीतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । साथै, उक्त गीतलाई रेकर्ड गराएर चलचित्रमा समेत समावेश गरिने निर्माणपक्षको भनाई छ । उनले भने–‘प्रतियोगीतामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन् । फिल्मको टिजर बुढासुब्बाको युट्युब च्यानलमा उपलब्ध छ । उक्त, टिजर हेरेर चलचित्रको टाइटल गीत तयार पार्न सकिनेछ ।’


लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै शैलीको गीत भएपनि फरक नपर्ने निर्माणपक्षले बताएको छ । तर, कुनै पनि व्यक्तिले एउटा सिंगो गीत कम्पोज गरेर रफ फाइल पठाउनुपर्ने मेकरले बताएका छन् । आवश्यक परेको खण्डमा निर्माणपक्षले नै लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक दीपेन्द्र लामाले बताए । भदौको ३१ गतेभित्र गीत तयार गरेर पठाउनुपर्नेछ । तयार भएको गीत 2numbarifilm@gmail.com इमेल ठेगानामा पठाउनुपर्नेछ फिल्मका निर्देशक दीपेन्द्र लामाले नयाँ प्रतिभाशाली कम्पोजरको खोजी गर्नका लागि यो प्रतियोगीता आयोजना गरिएको बताए ।
गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई गोप्य राखेको छ । किरण नेपालीको प्रस्तुति र दीपेन्द्र लामाको निर्देशन गरेको फिल्म दुई नम्बरी आगामी असोज २१ गते रिलिज हुनेछ ।फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ

Cinemax Hub

/ सम्बन्धित समाचार /