The Cinemax Hub

शनिबारबाट फिल्म प्रकाशलाई क्यूएफएक्समा २२ शो

Facebook
Twitter
WhatsApp

शुक्रबार क्यूएफएक्समा १३ शो पाएको फिल्म प्रकाशले शनिबार २२ शो पाएको छ । बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखकलगायतको अभिनय छ ।नायक प्रदीप खड्काले आफू अभिनित चलचित्र ‘प्रकाश’लाई निक्कै कम शो दिइएको र शो वितरणमा चरम विभेद भएको भन्दै आक्रोश पोखिरहेका छन् । आज पनि रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा प्रदीप आक्रोशित देखिए ।

उनको आक्रोश विशेषगरि, क्यूएफएक्स चेनसँग मात्र थियो
फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ । दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’लाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /