The Cinemax Hub

चलचित्र झिंगेदाउ प्रिमियर शो फोटो फिचर

Facebook
Twitter
WhatsApp

भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म झिंगेदाउले बुधबार बिग मुभिजमा प्रिमियर शो गरिएको थियो । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म झिंगेदाउमा प्रमुख कलाकार केकी अधिकारी ,आँचल शर्मा , मुकुन भुसाल , कुसल बिष्ट , हिउँवाला गौतम , संगम भन्डारी , अभय बराल, बिजय देउजा ,अंशु महर्जन लगाएतको अभिनय रहेको फिल्मलाई प्रदिप भारद्धजको लेखन रहेको छ ।

ग्रामीण परिबेश र एउटा परिवारमा कति सानो कुराले मनमुटाव ल्याउँछ र दाजुभाई र परिवारको बीचमा फाटोआउँछ भन्ने बिषयवस्तु झिंगेदाउमा रहेको छ। प्रिमियरमा चलचित्र विकासबोर्डका अध्यक्ष भुवन केसी ,अभिनेत्री मिथिला शर्मा दिपकराज गिरी , दिपाश्री निरौला , स्वस्तीमा खड्का ,नायक रमेश उप्रेती , लगाएत फिल्मकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सबैले कलाकारहरुको अभिनयको प्रशंशा गरेका थिए भने कलाकार केकी अधिकारीको जिवन्त अभिनयलाई सबैले खुलेर प्रशंसा गरे ।

/ सम्बन्धित समाचार /