कार्तिक ४ मा रिलिज हुने फिल्ममा ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दीपेन्द्र के खनाल निर्देशित फिल्मको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् निर्माण कम्पनीले एकसाथ तीन पोस्टर सार्वजनिक गरेको हो।
महेश दवाडीको पटकथा/संवाद रहेको फिल्ममा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री बाल कलाकार आयुशी ढकालको पनि अभिनय रहेको छ।
सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल/कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन ,दिर्घ खड्काले फिल्मको सम्पादन गरेका हुन।
ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्म का कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन रहेका छ्न।