The Cinemax Hub

प्रदर्शनको पहिलो दिनको बिहानी शोमा दर्शक ओइरिएपछि निर्माण पक्ष उत्साहित

Facebook
Twitter
WhatsApp

प्रदर्शनको पहिलो दिनको बिहानी शोमा दर्शक ओइरिएपछि निर्माण पक्ष उत्साहित बनेको छ । काठमाडौँका केहि हलमा कलेजका विद्यार्थीहरुको राम्रो उपस्थिति रह्यो ।

बिहानी शो हेरेका अधिकांस दर्शकले फिल्मलाई राम्रो भनेका छन् । विशेष गरि फिल्मको कथाबस्तु, मुख्य कलाकारहरुको अभिनय, गीतसंगीत र तीन पात्रको मित्रताले मन जितेको प्रतिक्रिया दिए । डेब्यु अभिनेता सोनम तोप्देनले तारिफ बटुलेका छन् । पूजा शर्मा र आकाश श्रेष्ठको अभिनयपनि मन पराएका छन् ।
लभस्टोरी फिल्म बनाउन माहिर निर्देशक थापाले यसपटक पनि दर्शकको मन जित्न सफल भएका छन् । दर्शक प्रतिक्रिया उत्कृष्ट आएको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पूजा, आकाश र सोनमसंगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको अभिनय रहेको छ। संजय लामाले खिचेको फिल्ममा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ । एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहेको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /