The Cinemax Hub

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज

Facebook
Twitter
WhatsApp

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् । बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ ।

महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

कार्तिक ४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा सिंगे लामाको कथा छ ।

दिर्घ गुरुङको छायांकन रहेको सिनेमामा शंकर थापा स्माइल/कोशिस क्षेत्रीको संगीत र दिर्घ खड्काको सम्पादन छ ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

/ सम्बन्धित समाचार /