The Cinemax Hub

फिल्म ‘हिजो आजका कुरा’को अफिसियल ट्रेलर रिलिज

Facebook
Twitter
WhatsApp

पन्त फिल्म प्रोडक्सनको निर्माणमा तयार फिल्म ‘हिजो आजका कुरा’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो ।

सार्वजनिक ट्रेलरले सोसियल ड्रामा बोल्छ । ग्रिनकार्ड, विदेश यात्रा र पैसाको कुरा फिल्मले जोडेको भान ट्रेलरले दिएको छ । ट्रेलरमा कमेडीपनि उत्तिकै जोडिएको छ । फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन् । असोज २८ मा यो फिल्म दर्शकमाझ आउनेछ ।

समसामयिक बिषयमा निर्माण गरिएको भनिएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, विनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सविन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । सन्तोष पन्त र साकार पन्त फिल्मका निर्माता हुन् । यो फिल्मको यसअघि कोरोनाका कारण पटक पटक रिलिज तोकेर पोस्टपोण्ड भएको थियो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /