The Cinemax Hub

चलचित्र ‘गुलाबी’ को छायाँकन सुरु

Facebook
Twitter
WhatsApp

चलचित्र ‘गुलाबी’ को छायाँकन सुरु भएको छ । शुक्रवार कास्कीको धम्पुसस्थित श्री सीता बराह मन्दीरमा शुभमुहर्तसंगै छायाँकन थालीएको चलचित्रको निर्देशन समुन्द्र भट्टले गर्दैछिन भने भद्र भुजेल एसोसीएट डिरेक्टर रहेका छन् । चलचित्रमा संचिता लुइँटेल,नाजीर हुसेन,सुशील सिटौला,विशाल पहाडी,अनुपम श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्दैछन् ।

दि स्काइ ओसन र अनुपम फिल्मसको प्रस्तुतिमा निर्माण हुने चलचित्रलाइ आलोक शुक्लाले छायाँकन गर्नेछन्। नाजिरले पारलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् । चलचित्रको कथा निर्देशक भट्टको हो भने पटकथा नाजीर र राम कुमार श्रेष्ठले लेखेका हुन् । चलचित्रमा पुस्कर लामा र यम ओली प्रोडक्सन डिजाइनर रहेका छन्। चलचित्रको छायाँकन पोखरा र धम्पुसमा हुने।

Cinemax Hub

/ सम्बन्धित समाचार /