The Cinemax Hub

फिल्म ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति घोषणा

Facebook
Twitter
WhatsApp

साम्राज्ञी शाह अभिनित रोमान्टिक फिल्म ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति घोषणा भएको छ । फागुन ५ गते फिल्म देशव्यापी रिलिज हुने निर्माताले जनाएका छन् ।

घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञीसहित गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको प्रमुख भूमिका छ । उक्त मितिमा फिल्मको भीडन्त फिल्म‘परदेशी २’सँग पक्का भएको छ ।

निर्देशक लामिछानेले फिल्मको केही भागको छायांकन बाँकी रहेको बताए । बेलायत र फ्रान्समा छायांकन गरिएको फिल्म यात्रामा हुने प्रेमकथामा आधारित रहेको छ। फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /