The Cinemax Hub

गायक बाबु बोगटीको ‘सान्नानी’ गीतकोे रिमेक भर्सन सार्वजनिक

Facebook
Twitter
WhatsApp

गायक बाबु बोगटीको ‘सान्नानी’ गीतकोे रिमेक भर्सन सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सान्नानी’ को नयाँ भर्सन सार्वजनिक गरिएको हो । झण्डै दुई दशकपछि गायक बोगटीले सुपरहिट गीतको सान्नानीको नयाँ कलाकार सहित नयाँ भर्सन ल्याएका हुन् ।

गीतको भिडियोमा बाबुसँगै पुष्प खड्का, प्रिज्मा प्रिन्सी खतिवडा फिचर्ड छन् । सान्नानी २ मा भने नायिका नन्दिता केसी ब्याक हुने भिडियोमा उल्लेख छ । प्रहिल कार्कीको निर्देशन रहेको गीतमा सुरेन बसेलको कोरियोग्राफी छ । उत्तम हुँमागाईंको छायाँकन रहेको भिडियोलाई माधब बेल्वासेले सम्पादन गरेका हुन् ।

आइतबार प्रेसमिट गर्दै सान्नानीको नयाँ भर्सन सार्वजनिक गरिएको हो । प्रेसमिटमा निर्माण पक्षले स्व.निर्देशक आलोक नेम्बाङलाई सम्झिए । सान्नानीको ओर्जिनल भिडियोको निर्देशन स्व.निर्देशक नेम्वाङले गरेका थिए ।

Cinemax Hub

/ सम्बन्धित समाचार /