The Cinemax Hub

लोकप्रिय गायक युवराज चौलागाईंको नयाँ गीतको भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

लोकप्रिय गायक युवराज चौलागाईंको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘हाम्रो सम्बन्ध’ बोलको गीतमा युवराजसंगै गायिका अनुष्का पाठकको स्वरको स्वर रहेको छ । म्युजिक भिडियो युवराज चौलागाँईको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको छ ।

गायिका पाठकको शब्द रहेको गीतलाई गायक चौलागाईंले संगीतगरेका छन् । गीतमा रिकेश गुरुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ ।
गीतका भिडियो आकर्षक बनेको छ । भिडियोमा गायक चौलागाईं तथा गायिका पाठकले नै अभिनय गरेका छन् ।

शान थापाद्वारा निर्देशित भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीद्वारा सम्पादन तथा रंग संयोजन गरिएको यो भिडियोमा राजिव समरको कोरियोग्राफी छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /