The Cinemax Hub

फिल्म ‘२ नम्बरी’ शिर्ष गीत प्रतियोगितामा ५० हजार नगद पुरस्कार

Facebook
Twitter
WhatsApp

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’ ले केही समयअघि घोषणा गरेको शिर्ष गीत प्रतियोगितामा भूषण खतिवडा उत्कृष्ट भएका छन् ।

असोज २१ गतेदेखि प्रदर्शन हुने यो फिल्मको शिर्ष गीतका लागि गरिएको प्रतियोगितामा ६१ वटा गीत प्राप्त भएको निर्माण पक्षले जनाएको छ । तीमध्ये भूषणले फिल्मका लागि उत्कृष्ट शिर्ष गीत लेखेका छन् । भूषणले रचना गरेका शब्दहरु अब फिल्ममा प्रयोग हुनेछ । साथमा उनले ५० हजार रुपैयाँ नगद पुरस्कार समेत जितेका छन् । अब फिल्मको शिर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिएका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /